आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धुलिखेल–खावा सडक खण्ड बन्द हुने

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धुलिखेल–खावा सडक खण्ड बन्द हुने

काठमाण्डौ – अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि हिजो बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरेको र आज पनि दिउँसो ३ बजेसम्म बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयले वैकल्पिक मार्गको प्रयोग गर्न चालकलाई आग्रह गरेको छ । सडक बन्द भएको बेलामा काठमाण्डौ–बनेपा हुँदै पाँचखालतर्फ जाने गाडीले होराइजन होटलबाट आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न सक्छन् । साना गाडीका लागि बनेपा चारदोबाटो–रविओपी हुँदै पाँचखालको बाटो पनि उपयुत्त हुन्छ ।

यस्तै दोलालघाट पाँचखाल हुँदै काठमाण्डौतर्फ गुड्ने गाडीले जिरोकिलो–कुन्ताबेँसी नगरकोट सडक प्रयोग गर्न सक्छन् । धुलिखेल–खावा खण्ड प्रयोग गर्ने गाडीलाई सडक बन्द भएको अविधिका लागि धुलिखेल र पाँचखालमा रोकिन्छ ।

प्रतिक्रिया