नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

काठमाण्डौ – नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।

तादी खोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये रोजन र हिमाललाई घुमाउने भन्ने ठाउँबाट बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया