सल्यानी टप्पा तथा सिंगारु नाच प्रतियोगिता

सल्यानी टप्पा तथा सिंगारु नाच प्रतियोगिता

सल्यान - बृहत सल्यानी टप्पा तथा सिंगारु नाच प्रतियोगिता सम्पन्न भएको छ । मौलिक पहिचानको रुपमा रहेको सिंगारु र टप्पा नाच संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको हो । टप्पा नाच प्रतियोगितामा दार्मा गाउँपालिकाको समूह पहिलो भएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र बागचौर नगरपालिकाको समूह तेश्रो भएको आयोजक सामाजिक सेवा तथा सुचना केन्द्र, सल्यानका अध्यक्ष नोखिराम थापाले जानकारी दिनुभयो ।

यस्तै सिंगारु नाच प्रतियोगितामा बागचौर नगरपालिकाको समूह पहिलो, छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र दार्मा गाउँपालिकाको समूह तेश्रो भएको उहाँले बताउनुभयो  ।

स्थानिय कला, हस्तकला, संस्कृति पहिचान, जगेर्ना तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत सामाजिक विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा प्रतियोगिता संचालन गरिएको हो । दुबै नृत्य प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने समुहलाइ क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । सो अवसरमा अन्य विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया