गुणस्तरीय विकासका लागि जवाफदेहिता आवश्यक

गुणस्तरीय विकासका लागि जवाफदेहिता आवश्यक

दैलेख – पूर्वसाँसद रबिन्द्रराज शर्माले गुणस्तरीय विकासका लागि सबै क्षेत्रले जवाफदेही भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आइतबार दैलेख सदरुमकाममा सातौं जिल्लासभामा उहाँले गुणस्तरीय विकास स्थानीय सरकारको अग्रसरता अझ बढी अग्रसरता आवश्यकता रहेको धारणा राख्नुभयो । 

कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले दलहरुले सत्तामा हुँदा र बाहिर हुँदा विकास बारे विचार र व्यवहार बदल्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले प्रतिपक्षमा हुँदा १५ लाख भन्दा साना योजना नबनाउने भनेको एमालेका यामलाल कँडेल आफू मुख्यमन्त्री बने लगतै टुक्रे योजना बाँडफाँडमा लागेको आरोप लगाउनुभयो ।

कार्यक्रममा दैलेखमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले संघीय संरचनापछि स्थानीय सरकारलाई श्रोत, साधन र अधिकार दिएको तर त्यस अनुसार व्यवस्थित, न्यायोचित परिचालन हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले संघ र प्रदेशका कार्यक्रमहरुलाई समन्वय बढाउनुपर्ने सुझाव दिनुभयो ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको जिल्लासभामा जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु र नागरिक समाज संस्थाहरुको तर्फबाट पनि सुझाव संकलन गरिएको थियो । जिल्लासभाले 'दैलेखको गौरब दैलेखको शान, जिल्लावासीको मुहारमा मुस्कान' नारा दिएको छ ।  

प्रतिक्रिया