जनयुद्धको उपलब्धीको रक्षा जरुरी : मल्ल

जनयुद्धको उपलब्धीको रक्षा जरुरी : मल्ल

सुर्खेत – नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले जनयुद्धका उलब्धीहरुको रक्षा गर्न बुद्धिजीबिहरुलाई आग्रह गर्नुभएको छ । नेपाल बुद्धिजीबि संगठन कर्णाली प्रदेश प्रथम सम्मेलनमा यस्तो कुरा बनाउनुभएको ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी शासन व्यवस्था, महिला तथा पिछडिएको जातजातिको निम्ति अधिकार र श्रोतमा पहुँच बढाउने काम जनयुद्धकै उपलब्धी हो तर नेकपा माओवादी केन्द्रलाई श्रेय दिन कञ्जुस्याई भइरहेको उहाँले सुनाउनुभयो । 

कार्यक्रममा पार्टीका बुद्धिजीबि विभाग इञ्चार्ज खिमलाल देबकोटाले बुद्धिजीबिहरु विचारमा क्रान्तिकारी र ज्ञानको हिसावले निपूर्ण हुनुपर्ने चर्चा गर्नुभयो । समसामयिकताको अध्यावधिक जानकारी राख्ने त्यसको व्याख्या गर्न सक्ने ‘लाल र निपूर्ण’ हुनुपर्छ उहाँले भन्नुभयो ।  

सम्मेलनले नेपाल बुद्धिजीबि संगठन कर्णाली प्रदेश अध्यक्षमा बीरबहादुर शाही (दैलेख) समेत ४५ सदस्यीय समितिमा तीन जना उपाध्यक्षहरु कमलकुमार सिंह (कालिकोट), बालाराम नेपाली (जुम्ला), टेकबहादुर खड्का (रुकुमपश्चिम) चयन हुनुभएको छ ।

संगठनको कर्णाली प्रदेश सचिव गंगाप्रसाद चौलागाईं (सुर्खेत), सहसचिव तीन जना धनबहादुर नेपाली (जाजरकोट), गणेशबहादुर चन्द (सल्यान), प्रबजंग शाही (हुम्ला) र कोषाध्यक्षमा माया मल्ल (जाजरकोट) समेत सबै जना सर्वसम्मतिमा चुनिनुभएको हो । 

नेपाल बुद्धिजीबि संगठन कर्णाली प्रदेश प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्मा लगायतका पार्टी नेताहरुले बुद्धिजीबि संगठन र पार्टीबीचको सम्बन्ध तथा पृष्ठ पोषण विषयमा बोल्नुभएको थियो । 


 

प्रतिक्रिया