नेपालमा ३८ लाख नेपालीले लिन्छन् सामाजिक सुरक्षा भत्ता

नेपालमा ३८ लाख नेपालीले लिन्छन् सामाजिक सुरक्षा भत्ता

काठमाडौँ – सामाजिक सुरक्षामा आवद्ध नेपालीको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सङ्ख्यामा पछिल्लो एक वर्षमा ५ दशमलव ५ प्रतिशतले बढेको छ । गएको फागुनसम्म सो सङ्ख्या ३८ लाख २ सय ७७ पुगेको छ ।

गएको वर्ष सामाजिक सुरक्षामा आवद्धको सङ्ख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको सङ्ख्या १६ लाख २२ हजार ५ सय १६ छ ।

६९ वर्ष नाघेका दलित १ लाख ५८ हजार २ सय ६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २ सय ७०, विधवा महिला ५ लाख ७६ हजर ५ सय ५३, पूर्ण अपाङ्गता भएका ६६ हजार ४ सय ५२, अति अशक्त अपाङ्गता भएका १ लाख ४२ हजार १ सय ८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १ सय ७६, लोपोन्मुख जाति २२ हजार २ सय ४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८ सय ४४ छन् ।

हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो । सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कूल बजेटको १४ दशमलव ७८ प्रतिशत, चालु बजेटको २२ दशमलव ६७ प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ५ दशमलव ५४ प्रतिशत हो ।

प्रतिक्रिया