सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु

ललितपुर  -   ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएको थियो । 

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल बस्ने ४० वर्षीय अप्सरा दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान लागेकी थिइन् । सोही क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

घटनापछि उनलाई पाटन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरका एपसी नरेशराज सुवेदीले जानकारी दिनुभयो । 

प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जनाएको छ। 

प्रतिक्रिया