कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध

काठमाण्डौ – कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया