आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी

आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाण्डौ – गणतन्त्र दिवसको अवसरमा आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’  शुरु हुदैछ । प्रदर्शनीमा यस पटक चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।

प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बाग्मती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८ र सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति राखिने प्रदर्शनी संयोजक एवम् प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।

गएको फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका कलाकृति यसपालि राष्ट्रिय प्रदर्शनीमा राखिने छ । 

प्रतिक्रिया