यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

रुकुमपश्चिम -   यार्सागुम्बा टिप्नको लागि डोल्पा गएकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ४ गोतामकोेटकी एक युवतीको मृत्यु भएको ।  गोतामकोेट बिष्ट गाउँकी २२ वर्षिया जमुना बिष्टको सोमबार लेक लागेर मृत्यु भएको हो । डोल्पाको काईके गाउँपालिकाको लैनी माथिको डाँडामा पुगेको बेला विष्टको मृत्यु भएको वडा अध्यक्ष नरसिंह बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने ठाँउमा पुगेको बेला विष्ट लेक लागेर बिरामी  पर्नुभएको थियो ।  बाटोमै विरामी भएपछि यार्सागुम्बा टिप्न सँगै गएका बहिनी र भेनासँग घर फकिर्दै गर्दा बाटोमै मृत्यु भएको हो । बाटोमै मृत्यु भएपछि नेपाल शसस्त्र प्रहरी बलको सहयोगमा शव राती १२ बजे डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याएको थियो ।

अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको र पोष्टर्माटम पश्चात शव गोतामकोटमै ल्याइने वडा अध्यक्ष विष्टले जानकारी दिनुभयो । मृतक विष्टले हिमालय मावि तल्लु जाजरकोटबाट प्रामाणपत्र तह अध्यन पुरा गर्नुभएको थियो । कखरा

प्रतिक्रिया