महिला ट्राफिकले महिनावारीका बेला सडकमा डिउटी गर्नु नपर्ने

महिला ट्राफिकले महिनावारीका बेला सडकमा डिउटी गर्नु नपर्ने

काठमाडौँ -  महिला ट्राफिक प्रहरीले अब महिनावारीका बेला सडकमा डिउटी गर्नु नपर्ने भएको छ ।

गणतन्त्र दिवसका अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नु नपर्ने घोषणा गर्नुभएको हो । 

उहाँहरूको ठाउँमा ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवकका  रूपमा खटाइने उहाँको भनाइ छ । 

ुगणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, उहाँले लेख्नुभएको छ, मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको  साटो सडकमा सघाउनुहुनेछ।

प्रतिक्रिया