रुकुम र जाजरकोट भूकम्पबाट क्षति पुनर्निर्माणलाई २१ अर्ब ६० करोड

रुकुम र जाजरकोट भूकम्पबाट क्षति पुनर्निर्माणलाई २१ अर्ब ६० करोड

काठमाडौँ - सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।

स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ । यसका लागि २१ अर्ब ६० करोड विनियोजन भएको हो ।

प्रतिक्रिया