सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन

सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन

काठमाण्डौ – सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिु गठन गरेको छ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकरएक जना सांसद रहेका छन् । 

कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे  हुनुहुन्छ । एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री हुनुहुन्छ । सूर्य थापा समितिको संयोजक पनि हुनुहुन्छ । माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।

समस्याग्रस्त र गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढङ्गले लगानी गरेका २९ वटा सहकारीमाथि छानबिन गर्न समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गरेर संसद् चल्न नदिएपछि सरकारले समिति गठन गरेको हो ।

प्रतिक्रिया