अर्जुन कुलुङ र ङिमा शेर्पालाई एभरेस्ट म्याराथनको उपाधि

अर्जुन कुलुङ र ङिमा शेर्पालाई एभरेस्ट म्याराथनको उपाधि

सोलुखुम्बु – सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् ।

विश्वकै सबैभन्दा उच्च ठाउँमा दौडिँदै पुरुषतर्फ सोलुखुम्बुको महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीकी  शेर्पाले उपाधि जितेका हुन् ।

सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलव १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्नुभयो ।

महिलातर्फ त्यही दूरी शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेका आयोजकले जनाएको छ ।

सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया