असहाय असक्त बालवालिकालाई शैक्षिक सामाग्री बितरण

असहाय असक्त बालवालिकालाई शैक्षिक सामाग्री बितरण

काठमाडौँ -   सुर्खेतको चौकुने गाउँपालिकामा असहाय गरिब बिपन्न बालवालिकालाई शैक्षिक सामाग्रि बितरण गरिएको छ । युनिसेफ नेपालको साझेदारी चौकुने गाउँपालिकाको समन्वय, सोसेक नेपालद्वारा चौकुनेमा संचालित बालिका सशक्तिकरण परियोजनाले उक्त सामाग्रि बितरण गरिएको हो । 

विद्यालयको पहुँच बाहिर रहेका बालबालिका, गरिब असहाय बालवालिकाहरुलाई औपचारिक शिक्षा लिन सहजताका लागि शैक्षिक सामाग्रि बितरण गरिएको बताइएको छ । 

उक्त कार्यक्रम मा वोल्दै चौकुने गाँउपालिका १० का वडा अध्यक्ष कमल वहादुर जि सी ले नेपालको संविधानले नै छाउगोठमा वस्न नपाउने व्यवस्था रहेकाले मौलिक हकमा व्यवस्था गरिएको अधिकार प्रयोग गर्न पाउनुपर्ने चौकुने गाउँपालिका १० का वडा अध्यक्ष कमल बहादुर जिसी बताउँनुहुन्छ । २१ औँ सताब्दिमा चुप भएर वस्ने हैन',उहाँले भन्नुभयो, ‘सुसज्जित समाज निमार्णमा तपाईँ हाम्रो भूमिका महत्वपुर्ण छ यसमा बालिका सशक्तिकरण परियोजनाले गरेको कार्य स्वागत योग्य रहेको छ ।’

 वडा अध्यक्ष जिसीले आगामी दिनहरुमा अविभावक, बालबालिकाहरु सशक्त वन्नु पर्ने बताउँनुहुँदै स्थानिय सरकारको तर्फबाट साथ सहयोग रहेने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद समेत दिनुभयो । 

चौकुने गाउपालिकाका १० वटा वडाका ७५ जना असाह्रय वावु आमा नभएका,अति बिपन्न,गरिव र जोखिममा परेका बालवालिकाहरुले शैक्षिक सामाग्रि पाएका हुन् । विद्यालयमा शिक्षाको निरन्तरताका लागि प्रति विद्यार्थी एक झोला एक स्कुल ड्रेस, दुइ दर्जन कपि, एक दर्जन डटपेन,ज्यामिती किताब लगायतका सामाग्रिहरु बितरण गरिएको फिल्ड संयोजक अर्जुन वहादुर शाहीले जानकारी दिनुभयो  । 

उहाँका अनुसार पालिका वडा तहको स्थानिय सरकारले समन्वयात्मक भूमिका खेलेको र समुदाय सकरात्मक रहेकोमा काम गर्न पनि सहज भएको उहाँ बताउँनुहुन्छ । 

परियोजनाले आउँदा दिनहरुमा अझ थप यस्ता बालवालिकाहरुको समुदाय स्तरमा पुगि पहिचान गरि अझै प्रभावकारी ढंगमा वालवालिकाहरु लाई शिक्षाको मुल धारमा ल्याउने कार्यक्रम प्रमुखताका साथ अगाडी वढाउने बालिका सशक्तिकरण परियोजना प्रमुख ससी पाण्डेको भनाई रहेको छ ।      

प्रतिक्रिया