सुर्खेतमा अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

सुर्खेतमा अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

सुर्खेत -  सुर्खेतको वीरेन्द्रनगरमा अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । एइ आइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालको आयोजनामा सुर्खेतको श्री जन नमुना माध्यामिक विद्यालयमा उक्त वादविवाद प्रतियोगिता गरिएको हो ।

बालअधिकार सुनिश्चितताका लागि राज्यको दायित्व विषयमा अन्तर विद्यालय स्तरिय वादविवाद प्रतियोगिता सम्पन्न भएको बताइएको छ  ।

राज्यले वालवालिकाहरुका लागि संविधानमै प्रयाप्त अधिकार सुनिश्चित भएता पनि व्यवहारमा अझै अनुभव गर्न सकिरहेका छैनन्  ।

यस परिस्थितिमा सस्थाले बालअधिकार र न्यायका लागिराज्यका हरेक क्षेत्रमा पहुँच विस्तार गर्न विभिन्न खालका जनचेतनामुलक, आर्थिक,भौतिक,शैक्षिक सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

यसै अन्तरगत शिक्षक, विद्यार्थी स्थानिय जनप्रतिनिधी र विरेन्द्रनगरपालिकाका शिक्षा शाखा अधिकृतको उपस्थितिमा नगरपालिकाका १, २, ६, ७, र ८ नम्बर वडाका माध्यामिक विद्यालयहरुमा अध्ययनरत १२ जना बालवालिकाहरुले प्रतियोगितामा भाग लिनुभएको थियो  ।

वालअधिकार सुनिश्चितताका लागि राज्यको दायित्व विषयक प्रतियोगितामा प्रथम स्थान त्रिपुरेस्वर माध्यामिक विद्यालय ढोडेखालीका कुसल उपाध्याय ,द्वितिय स्थान प्रभात माध्यामिक विद्यालय कोलडाँडाका दिलमाया रोकाया, तृतिय स्थानमा त्रिपुरेस्वर माध्यामिक विद्यालय ढोडेखालीका दिव्या अधिकारी हुनुभएको थियो ।

त्यस्तै सान्त्वना स्थान प्रभात माध्यामिक विद्यालय कोलडाँडाका विवेक भण्डारीले हासिल गरेका थिए भने विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र दिएको थियो । 

प्रतिक्रिया