सोसेकद्वारा नाउलेका कृषकहरुलाई कृषि सामाग्रि बितरण

सोसेकद्वारा नाउलेका कृषकहरुलाई कृषि सामाग्रि बितरण

काठमाडौँ -  दैलेखको दुल्लु नगरपालिकामा जनचेतना कृषक समुहका सदस्यहरुलाई कृषि औजार सामाग्रि बितरण गरिएको छ । दुल्लु नगरपालिका १ नाउले स्थित जनचेतना कृषक समुहका २५ जना सदस्यहरुलाई कृषि औजार बितरण गरिएको हो । 
 
डिसीय नेपालको साझेदारी  सोसेक नेपालद्वारा दुल्लू नगरपालिकामा  संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत जलवायु मैत्री कृषक पाठशाला गोष्ठी मा सहभागी भएका कृषकहरु संग तरकारी बालि अन्न बालि रोग किरा भकारो सुधार मौरी पालन गड्यौला मल, कम्पोष्ट मल, प्लाष्टिक टनेल, जैविक विषादी, झोल मल र अन्य विषय माथि छलफल गरि पर्यावरणीय कृषि नमुना गाउँ बनाउनका लागि कृषकलाई कृषि सामाग्री बितरण गरिएको कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो । 

 उहाँका अनुसार कृषक समुहका करिब २५ जना कृषक सदस्यहरुसंग विभिन्न बिषयमा छलफल गरेर कृषक सदस्यहरुलाई प्लास्टिक ड्रम ५० वटा,  स्प्रिङकलर २५ वटा,  ई एम झोल ५० वटा,  ५० वटा  निम तेल, बितरण गरिएको थियो । त्यस्तै  २५ वटा  सिकेचर,  २५ वटा क्यारेट  गरि विभिन्न किसिमका कृषि औजारहरु वडा सदस्य शक्ति बहादुर खड्काको रोहबरमा वितरण गरिएको थियो  ।


 

प्रतिक्रिया