अभिलेख संरक्षण विधेयक संसदीय समितिबाट पारित

अभिलेख संरक्षण  विधेयक संसदीय समितिबाट पारित

काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि पाँच वटा बैठकमा दफावार छलफल भएको हो ।

विधेयकमा राष्ट्रिय महत्त्वका कागजात नेपालबाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपालबाहिर लानुपर्ने अवस्थामा मन्त्रिपरिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन् ।

प्रतिक्रिया