नारायण नपाको नयाँ ल्याण्डफिल्ड साइट बन्दै

नारायण नपाको नयाँ ल्याण्डफिल्ड साइट बन्दै

दैलेख – नारायण नगरपालिकाले फोहोर व्यवस्थापनका लागि श्रीस्थान सामुदायिक वन क्षेत्रमा नयाँ ल्याण्डफिल्ड साइट बनाउन लागेको छ । नारायण नगरपालिका–१ रातामाटे नजिक वन क्षेत्रमा बन्ने नयाँ ल्याण्डफिल्ड साइटको उपप्रमुख तप्ताकुमारी थापाले आज त्यहाँ शिलान्यास गर्नुभयो । 

फोहोर संकलन ट्रस भवन, कुहिने र नकुहिने फोहोर छुट्टयाउने छुट्टाछुट्टै डम्पिङ्ग साइटसंगै त्यसको निम्ति हाता घेरबारको काम समेत गर्न आरबी कन्स्ट्रसन बीरेन्द्रनगरले ५५ लाख रुपैंयाँमा ठेक्का पाएको छ । असार दोश्रो सातामा सबै काम सकिने आरबी कन्ट्रसनका सञ्चालक रुपलाल बिश्वकर्माले बताउनुभयो । 

फोहोरको मात्रा पनि बढ्दै गरेको समयमा दिगो फोहोर व्यवस्थापन आवश्यकता भइसकेको बेला केन्द्र सरकारको बजेटबाट फोहोरलाई प्रसोधन गरी मल र केही पुनरप्रयोगको योजना सहित नयाँ ल्याण्डफिल साइट निर्माण गर्न लागिएको हो । 

नारायण नगरपालिका स्थापनादेखि सदरमुकामदेखि २ किलोमीटर दूरीमा रहेको २ नं. वडाको कुइकाना बस्ती नजिक फोहोर व्यवस्थापन गरिंदै आएकोमा नयाँ ल्याण्डफिल्ड साइट सदरमुकामदेखि करिब ६ किलोमीटर दूरीको नारायण नगरपालिका–१ रातामाटे नजिक वन क्षेत्रमा छ ।   
 

प्रतिक्रिया