काँग्रेसमा अनुशासन कडा गरिंदै

काँग्रेसमा अनुशासन कडा गरिंदै

दैलेख – नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले काँग्रेस संगठनलाई अनुशासनमा कडाई गर्दै लैजाने बताउनुभएको छ । नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं. १ ‘ख’ प्रदेशको दोश्रो सम्मेलनमा उहाँले सो विचार राख्नुभएको हो । 

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति एवं कर्णाली प्रदेशसभाका सदस्य कृष्णकुमार बिसीले काँग्रेस कार्यकर्ताहरुले सामुन्ने भएको नेतृत्वको कमि कमजोरी बारे आलोचना गर्नुपर्ने तर राम्रो कामको प्रसार गर्न कञ्जुस्याई गर्न नहुने बताउनुभयो । 

कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले अनुशासन बाँध्न पार्टीको विधि, विधानलाई कार्यान्वयन कडाई गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रम नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं. का ‘ख’ प्रदेशका सभापति भदे बुढा मगरको सभापतित्वमा भएको थियो । 

महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जू पाण्डे, नेपाली काँग्रेस महाधिवेशसन समितिका सदस्य भूपेन्द्र शाही, गणेश उपाध्याय, नारायण सभापति मनोज थापा लगायतले आम मतदाताहरुमा नेपाली काँग्रेसप्रति बिश्ववास भए पनि नेता र अगुवा कार्यकर्ताहरुका गुट उपगुट र संगठन पद्धति मिच्ने गलत प्रबृति हावी भएको औल्याउनुभयो । 

प्रतिक्रिया