सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको नासाको दाबी

सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको नासाको दाबी

अमेरिकी अन्तरिक्ष निकाय नासाले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको दाबी गरेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको आकासगङ्गा फेला पारेको नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो आकासगङ्गा ब्रह्माण्ड उत्पत्तिको शुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको वैज्ञानिकको विश्वास छ । खगोलशास्त्रीले ब्रह्माण्डको शुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो ।

यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा शुरु भएर अहिलेको रुपमा फैलिएको र अझै पनि फैलिरहेको वैज्ञानिकले बताएका छन् । आकाशगङ्गाले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होल परिवर्तन भएका तरिकामा महत्त्वपूर्ण जानकारी प्रदान गर्ने नासाले जनाएको छ । -एजेन्सी

प्रतिक्रिया