आजको मौसम : तराईमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान

आजको मौसम : तराईमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान

काठमाण्डौ – अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान कोशी र गण्डकी प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी परेको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेकाले केही ठाउँमा बदली र बर्षा भएको हो ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ ।

यसैबीच तराई मधेशका क्षेत्रमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान रहेको छ । बदली र हावाहुरीका कारण गर्मी केही घटेपनि केही दिन तातो हालाको लहरको जोखिम भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया