सहिदको सम्झनामा सहिद स्मृति पार्क

सहिदको सम्झनामा सहिद स्मृति पार्क

रुकुम पश्चिम -   रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ को कुरेनीचौरमा जनयुद्धमा सहिद भएका व्यक्तीको सम्झनामा सहिद स्मृति पार्क निर्माण गरिएको छ ।

वडामा रहेका ८ जना सहिदहरुको सम्झनामा सहिद स्मृति पार्क निर्माण गरिएको हो । गत वर्षको जेठबाट सुरु भएको सहिद स्मृति भवन निर्माणको काम करिव अन्तिम चरणमा पुगेको वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजेट अभावका कारण  सहिदका स्तम्भ, गाडेन, रङरोगन र पल्सतरको काम गर्न बाँकी रहेको छ । सहिदको सम्झना पछिसम्म  रहिरहोस र  सहिदको सम्मान तथा योगदानको कदर होस भन्ने उदेश्यले सहिद स्मृति पार्क निर्माण गरिएको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । स्मृति भवनमा वडामा हुने बैठक, आमभेला लगायत छलफलका कार्यक्रम हुनेछन् ।

सहिद स्मृति पार्क स्थानीय उपभोक्ता समिति मार्फत निर्माण गरिएको हो । भवन निर्माण गर्दा हालसम्म प्रदेश सांसद कोषबाट ३० लाख र वडाको १३ लाख गरेर जम्मा ४३ लाख बजेट खर्च भएको छ । अव सहिद स्मृति पार्क निर्माणको काम पुर्णरुपमा सम्पन्न गर्न करिव २० लाख बजेट आवश्यक पर्ने वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष २०८१/०८२  मा यसको बजेट व्यवस्थापन गरेर निर्माण सपन्न गर्ने वडाले योजना बनाएको छ । 

प्रतिक्रिया