'नेता र नाता अनुसार बजेट विनियोजन हुने निरन्तरता प्रष्ट देखियो'

'नेता र नाता अनुसार बजेट विनियोजन हुने निरन्तरता प्रष्ट देखियो'

काठमाडौँ -  प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजित बजेट नेता र नाता अनुसार विनियोजन हुने निरन्तरता यसपटक पनि प्रष्ट देखिएको बताउनुभएको छ ।

मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य माथि राजश्व र व्ययको अनुमान सम्वन्धमा सैद्धान्तिक छलफल माथि आफ्नो भनाइ राख्दै उहाँले बिनियोजित बजेटबाट पिछडीएको र सिमान्तकृत बर्ग पक्ष र क्षेत्र सकारात्मक र उतसाहित नदेखिएको बताउनुभयो । 

यसबाट हामीले प्राप्त गर्ने भनेको सामाजिक न्याय कसरी प्राप्त हुन्छ ? उहाँले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो । सामाजिक न्याए सुशासन र समृद्धि हाम्रो संविधान आवाधिक योजना र हरेक वर्षका बजेटमा सैद्धान्तिक रुपमा लिपिबद्ध रहने तर, नागरिकले जिवनमा अनुभूत गर्न नसकेका कुरा हुन्',उहाँले भन्नुभयो, यो बजेट यसैको निरन्तरता हो । यो बजेट संवैधानिक बाध्यता बमोजिम गरिएको कर्मकाण्डी कार्यका रुपमा प्रतिबिम्बित भएको छ ।' 

यो पटक कर्णालीले उत्थान गरेको आन्दोलनबाट उदाएका प्रधानमन्त्री, अर्थमन्त्री रहेका बेला कर्णाली विकासको यथेष्ट मार्ग चित्र सहित बजेट विनियोजन हुन्छ होला भन्ने आशा लागेको थियो तर,त्यसो नभएको सांसद रानाले बताउनुभयो । 

'विनियोजित बजेटले कर्णाली प्रदेशले कहीँ कतै चिन्दैन । यो दुखःद अनुभूतीका साथ छलफलमा सहभागि भइरहेको छु', उहाँले भन्नुभयो  । 

यस बजेटमा दैत्य चरित्र प्रस्तुत गरिएको छ यस्लाई कसरी समाधान गर्ने भन्ने कुनै उपाए उल्लेख गरिएको छैन',उहाँले भन्नुभयो, 'यो एक अमूर्त भाषामा तयार गरिएको दस्ताबेजको रुपमा आफूले बुझेको छु ।'

 माननीय अर्थमन्त्रीज्युले संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भन्नुभएको छ',उहाँले भन्नुभयो,  'यो कस्तो खालको सुधार गर्ने भनिएको हो ? होइन भने सुधारका लागि विभिन्न प्रतिवेदनहरु नेपाल सरकारका विभिन्न निकायमा थन्किएको अवस्था छ ।'

अर्थमन्त्री वर्षमान पुनले विजियोजन गरेको बजेट इच्छाशक्ति बिनाको एक टालटुले कुरा मात्र भएको बताउनुभयो । 

बजेटको रुपान्तरणकारी क्षेत्रमा उद्यमशिलता र आद्योगिक विकास तोकिएको छ यसका लागि नियमित नियमित विद्युत इन्टनेट सेवा प्रदान गर्ने भनिएको छ',उहाँले भन्नुभयो,  'तर,हिजो आज महिनौ दिनसम्म कर्णाली अध्यारोमा बस्न बाध्य छ ।

अर्थमन्त्रीज्युले परिकल्पना गर्नुभएको यो बजेटमा कर्णाली प्रदेशमा कार्यान्वयन गर्ने मार्ग चित्र के होला उहाँले प्रश्न गर्नुभयो । 

प्रतिक्रिया