राउटे समुदायमा मदिरा बेचबिखन तथा सेवन विरुद्ध सचेतना अभियान

राउटे समुदायमा मदिरा बेचबिखन तथा सेवन विरुद्ध सचेतना अभियान

काठमाडौँ -  राउटे समुदायमा मदिरा बेचबिखन तथा सेवन विरुद्ध प्रहरीसँगै सचेतना अभियान संचालन गरिएको छ । एइ आइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपाद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनाको आयोजना र गुराँस गाउँपालिकाको समन्वय संचालन गरिएको हो ।

राउटे समुदायले अत्यधिक मदिरा सेवन गर्न थालेपछि सचेतना अभियान संचालन गरिएको राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्रीले जानकारी दिनुभयो  । उहाँका अनुसार राउटे समुदाय अहिले गर्मी बढेसँगै गुराँस गाउँपालिका १ मैनीखोलामा बसोबास गरेको छ  ।

अहिले राउटे समुदायको सख्या १३८ रहेको छ । सचेतनाको क्रममा राउटे समुदायलाई बाहिरको मदिरा सेवन र विक्रि बितरणमा नगर्न समेत आग्रह गरिएको छ । यदि कोही कसैले राउटे समुदायलाई बाहिरको मदिरा विक्रि बितरण गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने कुरा बताइएको छ ।

 

प्रतिक्रिया