कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

सुर्खेत -   कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गरिदैँछ ।

बुधबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ ।

नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

प्रतिक्रिया