नागरिकतामा देखिएका जटिलता समाधान गर्न सरकारले प्रयास गरिरहेको छ : गृहमन्त्री
काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोशिश गरिरहेको बताउनुभएको छ ।
गृह मन्त्रालयले आज काठमाण्डौमा आयोजना गरेको ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताउनुभयो । नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउन कार्यविधि बनाउने काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।
कानुनले वर्जित गरेकाबाहेक संविधान, प्रचलित कानुन र विधिबाट नागरिकता प्राप्त गर्न सक्ने नागरिकको अधिकारलाई सङ्कुचित नभई संरक्षण र सहज गर्न गृह मन्त्रालयले सहजीकरण गर्दै आएको उपप्रधानमन्त्री लामिछानेको भनाइ छ ।
प्रतिक्रिया