असहाय बालबालिकालाई कपडा तथा झोला वितरण

असहाय बालबालिकालाई कपडा तथा झोला वितरण

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर क्षेत्रमा रहेका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय अर्थात् टुहुरा बालबालिकालाई उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रम अन्तर्गत कपडा तथा झोला वितरण गरिएको उपमेयर मिश्रा आचार्यले बताउनुभयो ।

नगरभित्र रहेका बाबा–आमा नभएका, आमाले अर्को बिहे गरेर बिचल्लीमा परेका, अरूको संरक्षणमा रहेका, बाबा–आमा दुवैको मृत्यु भएका, बाबा–आमा जेलमा परेका लगायतका कारणले असहाय बनेका बालबालिकालाई नगरपालिकाले कपडा तथा झोला वितरण गरेको हो ।

नगरभित्रका १२ वटै वडामा रहेका डेढ वर्षदेखि १६ वर्ष उमेरसम्मका ८२ जना टुहुरा, असहाय बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको मेयर कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया