दैलेखमा विभिन्न कार्यक्रम गरि मनाइयो विश्व वातावरण दिवस

दैलेखमा विभिन्न कार्यक्रम गरि मनाइयो विश्व वातावरण दिवस

काठमाडौँ -   विश्व वातावरण दिवसको अवसरमा बुधबार दैलेखका विभिन्न ठाउँंहरुमा  विभिन्न कार्यक्र गरी विश्व वातावरण दिवस मनाइएको छ   । 

सोही अवसरमा दैलेखका विभिन्न पालिकाहरुमा विश्व वातावरण दिवस कार्यक्रम मनाइएको छ । वातावरण दिवसको अवसरमा दैलेखको दुल्लु नगरपालिकामा वातावरण दिवस मनाइएको छ । हेल्भेटास नेपालको साझेदारी सोसेक नेपालको सहजिकरणमा दुल्लु नगरपालिका -८ मा संचालित कल्याण धारा खानेपानी योजनामा सरसफाइ सम्बन्धि कार्यक्रम गरिएको थियो । साथै फिल्टर समेत बितरण गरिएको थियो । 

त्यस्तै सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अबसरमा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर -९ मा पनि सरसफाइ कार्यक्रम गरि मनाइएको छ । चामुण्डाविन्द्रासैनीनगरपालिका वडा नम्बर -९ को जनप्रेमी आधारभूत विद्यालयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र बालवालिकाको उपस्थितिमा उक्तम सरसफाइ कार्यक्रम गरि मनाइएको बताइएको छ । सरसफाई सम्बन्धि अभिमुखिकरण, बिद्यालय वरपर सरसफाई गरि बालवालिकालाई साबुन पानीले हात धुन सहजीकरण गरिएकोे बताइएको छ  । 

यस्तै एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको सहजीकरणमा डुङ्गेश्वर गाउँपालिका वडा न -३ मा पनि विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरि मनाइएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नम्बर -३ को श्री नेपाल राष्टिय माध्यामिक बिद्यालय हने सरसफाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरि मनाइएकोे थियो  ।

वातावरण दिवसका अवसरमा केही ठाउँहरुमा सम्पुर्ण समुदायनै गाउँटोल सरसफाइ गर्नुपर्छ भनेर सरसफाईमा जुटेको सोसेक नेपालले जनाएको छ । 


 

प्रतिक्रिया