महानगरबासीको गुनासो सुन्न घर–घरमा नगर प्रहरी

महानगरबासीको गुनासो सुन्न घर–घरमा नगर प्रहरी

काठमाण्डौ – ललितपुर महानगरपालिकाका बासिन्दाको गुनासो सुन्न र समस्या तत्काल सुनुवाइ गर्न घर–घरमा नगर प्रहरी पुग्ने भएका छन् ।

सुन्दर ललितपुर नगरी, घर–घरमा नगर प्रहरीु भन्ने मूल नाराको साथ नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्ने महानगरपालिकाले जनाएको छ ।

यो अभियानको आज उद्घाटन गर्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले नगर प्रहरीको उदाहरणीय कदमले महानगरप्रति नगरबासीको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार यस अभियानमा दैनिक ५० जना नगर प्रहरी हरेक वडामा खटिने छन् । 

प्रतिक्रिया