ठाटीकाँधमा हावाहुरीका कारण विद्यालय र प्लाष्टिक टनेलमा क्षति

ठाटीकाँधमा हावाहुरीका कारण विद्यालय र प्लाष्टिक टनेलमा क्षति

ठाटीकाँध -   दैलेखको ठाटीकाँध गाउँपालिकामा २३ गतेको हावाहुरीका कारण एक विद्यालयमा क्षति पुगेको छ । ठाटीकाँध गाउँपालिका वडा नम्बर -३ खुडखुडीमा रहेको श्री दुर्गादेवि आधारभूत विद्यालयको भवनको छाना उडाउदा विद्यालयमा क्षती पुगेको हो । २३ गते राती आएको हावाहुरी र पानीका कारण तीन कोठे विद्यालय भवनको छाना उडाउदा कोठा भित्र रहेका शैक्षिक सामाग्रिमा क्षती पुर्याएको बताइएको छ । हावाहुरीका कारण विद्यालयको भौतिक संरचनासँगै विद्यालयका कागजातमा समेत क्षति पुगेको छ । 

त्यस्तै ठाटीकाँध गाउँपालिकाको वडा नम्बर २ मा रहेको श्री जनता आधारभूत विद्यालयको छाना हावाहुरीले उडाउदा कारण क्षति पुर्याएको छ । २३ गते राती आएको हावाहुरी र पानीले ठाटीकाँध -२ पिपल चौतारामा रहेको जनता आधारभूत विद्यालयको दुइकोठे भवनको छाना उडाउदा क्षति पुगेको हो । हावाहुरी र आएको पानीका कारण विद्यालयको कोठाभित्र रहेका शैक्षिक सामाग्रि र कार्पेटमा क्षति पुगेको छ ।

ठाटीकाँध गाउँपालिका ६ मालिका माध्यामिक विद्यालय पाँचलामा निर्माण गरियको प्लाष्टिक  घरमा पनि हावाहुरीले क्षति पुर्याएको छ ।  

प्रतिक्रिया