सिन्धुलीमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
काठमाण्डौ – जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । तीनपाटन गाउँपालिका वडा नम्बर -४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशवकुमार कट्टवालले जानकारी दिनुभयो ।
जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, उहाँकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, उहाँको छोरा ३८ वर्षीय घनश्याम, उहाँका नाती २१ वर्षीय किरण र नातिनी बुहारी २० वर्षीया नानीमाया समाल घाइते भएका हुन् ।
अहिले उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको इन्स्पेक्टर कट्टवालले बताउनुभयो । भुजेल परिवारले आज बिहान जङ्गलबाट च्याउ ल्याएर खाएका थिए ।
प्रतिक्रिया