सुर्खेतमा आज र  भोलि श्रमाधान रोजगार मेला हुँदै

सुर्खेतमा आज र  भोलि श्रमाधान रोजगार मेला हुँदै

काठमाण्डौ – सुर्खेतमा आज र  भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा आज र भोलि मेला सञ्चालन हुने भएको हो । वीरेन्द्रनगरको सिटी हलमा मेला सञ्चालन हुनेछ ।

रोजगारदाता र रोजगारी खोजिरहेका व्यक्तिहरूबीच भेटघाट गराउने मेलाको मुख्य उद्देश्य हो । रोजगारीका अवसर सिर्जना गर्नु, सीप विकास प्रवद्र्धन गर्नु, उद्यमशीलतालाई प्रोत्साहन गर्नु, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नु, युवा सशक्तीकरण गर्नु र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नु मेलाको उद्देश्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टीकाराम ढकालले बताउनुभयो ।

गएको १७ गते कोशी प्रदेशबाट श्रमाधान रोजगार मेला शुरु भएको हो । यसअन्तर्गत हिजो र अस्ति लुम्बिनी प्रदेशको बुटवलमा मेला भएको थियो । यसअघि कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर र गण्डकी प्रदेशको पोखरामा पनि मेला भइसकेको छ । मेलामा रोजगारी खोजिरहेका र रोजगारदाताको उत्साहपूर्ण उपस्थिति भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

अब सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । 

प्रतिक्रिया