आज विश्व खाद्य स्वच्छता दिवस

आज विश्व खाद्य स्वच्छता दिवस

काठमाण्डौ – ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । हरेक वर्ष जुन ७ मा विश्वभर विभिन्न कार्यक्रमका साथ दिवस मनाइन्छ ।

नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा एक हप्तादेखि नै विभिन्न चेतनामुलक कार्यक्रम भइरहेको छ । खाद्य स्वच्छताको महत्वलाई आम नागरिकमा पु¥याउन विभागले २०६५ सालदेखि खाद्य स्वच्छता दिवसको अभियान गर्दै आएको छ ।

विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्व तयारी गर्न खाद्य श्रृङ्खलाको प्रारम्भिक उत्पादनदेखि प्रशोधन, सञ्चय, ढुवानी, बिक्री वितरण र उपभोगसम्मको चरणमा संलग्न सबै पक्षको महत्त्वपूर्ण भूमिका हुने विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको छ ।

प्रतिक्रिया