बालवालिकाको पढ्ने रुची बढाउँदै पढाइमेला
![बालवालिकाको पढ्ने रुची बढाउँदै पढाइमेला](https://snowberry.prixacdn.net/media/gallery_folder/1_3ECyIrUYmC_nidxe14qq7ylf4sfvf1xo424cvu9gez9a7nd19pvxudlvkzx9dgq9c8tzrhf_GKIcEJJ2Ty_giy96hfcihtrqxyaqa1f58rpg9vy9yageynqq6s3csy3td6xgtco47crzhkj.jpg)
काठमाडौँ - दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर -२ का प्रशान्त चन्द तीन कक्षामा अध्यनरत हुनुहुन्छ । सरस्वती आधारभूत विद्यालमा कक्षा तीन मा अध्यनरत उहाँ कक्षामा पढ्न सहज अवस्थामा पढ्न सक्ने अवस्था थिएन ।
शिक्षकले कक्षाकोठामा उभ्याएर किताबका अक्षर पढ्न अभ्यास गराउँदा उहाँको शरिर नै लुकलुक काप्ने गथ्यो । ठुलो स्वरले बोल्नै अप्ठेरो मान्नुहुन्थ्यो । तर, अहिले सहजै किताबका पाठहरु पढ्न सक्ने हुनुभएको छ । उहाँ कक्षामा अहिले म, म भन्दै किताबका पाठ पढ्नलाई अग्रसर हुनुहुन्छ ।
घर नजिकैको विद्यालयमा तीन कक्षामा अध्यनरत प्रशान्त पहिले कक्षामा उभिएर पाठ पढ्न र शब्दहरु उच्चारण गर्नै मुस्किल हुने गथ्र्यो । पढ्ने लेख्ने कुरामा पनि अरु भन्दा पछि नै उहाँ हुनुहुन्थ्यो । तर, पछिल्लो समय उहाँमा परिर्वतन आएको छ ।
पढ्न लेख्नमा पनि उत्तिकै क्षमतावान हुनुभएको छ । त्यो क्षमता बढाउने काम गरेको हो सोसेक नेपालले भगवतीमाई गाउँपालिकामा सुरु गरेको पढाई मेलाले । उहाँमा पहिले भन्दा पढाइमेलाले परिर्वतन ल्याएको उहाँ बताउँनुहुन्छ । अहिले पहिले सान्त्वना सम्म पनि नआउने प्रशान्त अहिले विद्यालयका हरेक कार्यक्रममा प्रथम आउँनुहुन्छ । ‘पहिले पढाइकुना नहुँदा घरमा नियमित पढ्ने बानी थिएन । हिजो आज नियमित पढ्न मन लाग्छ’, प्रशान्तले सुनाउनुभयो,‘ विद्यालय र घरमा भएको पढाइ कुना र पढाइ मेलाले म परिर्वतन भएँ, त्यही परिर्वतनले होला कोठामा पढ्न बस्दा अनेत्र जान मन लाग्दैन् ।’
त्यस्तै भगवतीमाइ गाउँपालिका -२ का दिपक विक जगनाथ प्राथमिक विद्यालय घाण गाउँ पनि पहिले कक्षामा निकै कम्जोर हुनुहुन्थ्यो । कक्षामा सबै कुरामा कमजोर रहेका उहाँ कक्षामा पहिले पढ्नको लागि रुचि नै नलगाउने, उभिएर पढ्दाखेरी पनि अप्ठेरो मान्ने काप्ने समस्या हुन्थ्यो तर,पछिल्लो समय प्रशान्त जस्तै उहाँमा पनि पढाइमेलाले परिर्वतन ल्याएको उहाँ बताउँनुहन्छ । पहिले कक्षामा शिक्षकले उभ्याएर पढ्न लगाउँदा उठ्न लाज श्रम लाग्ने, काप्ने हुन्थ्यो, उहाँले भन्नुभयोे, अहिले सजिलै पढ्न सक्ने भएको छु । सरले मलाईनै उभ्याएर पढ्न लगाय हुन्थ्यो जस्तो लाग्छ ।’
पहिले पढ भन्ने बित्तिकै डराउने काप्ने बालबालिका अहिले सहजै निर्धक्क भएर पढ्न सक्ने भएका छन् । आफ्नो पचिय दिन र पाठ पढ्दा छुट्याएर पढ्न सक्ने भएको प्रशान्त र दिपक जस्तै अन्य बालवालिका बताउँछन् । अहिले त्यस्ता विद्यार्थीमा धेरै परिर्वतन आएको छ ।
पहिले पढ्न नसक्ने विद्यार्थी अहिले पढ्ने भएका छन् । पहिले भन्दा अहिले बद्लाब आएको छ । कक्षा १ का विद्यार्थीलाई १ मिनेटमा ३० देखि ४० शब्द, कक्षा दुइलाई ४५ देखि ५० तीन कक्षालाई ६० देखि ८० शब्दहरु पढ्न सक्ने भएका समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना शिक्षा अधिकृत जनक अधिकारी बताउँनुहुन्छ ।
पढाइकुनामा बसेर पढ्ने बालबालिका निकै जिज्ञासु र अध्ययनमा बढी चासो देखाउने गरेको अभिभावहरुले बताएका छन् । बालबिालकाले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन पराउने गरेको अभिभाकको भनाई छ ।
कक्षा १ लेखी ३ सम्मका बालबालिकाको स्वर बाचन, चित्रकला, लगाएतको विषयमा पढाईमेला गरिन्छ । शनिवार पढाइ शिविरहरुमा पढाईको अवस्थाबारे बुझ्ने र बालवालिकको पढाइ प्रति जागरण,उत्प्रेरण जगाउने उदेश्यको साथ पढाइमेला कार्यक्रम संचालन गरिएको बताइएको छ ।
पढ्ने रहर बढाउँदै पढाइकुना
विद्यालयमै पढाइमेला सँगै पढाइकुनामा बसेर पढ्ने बालबालिका पहिले भन्दा अहिले निकै जिज्ञासु र अध्ययनमा बढी चासो देखाउने गरेको अभिभावहरुले बताउँनुहुन्छ । बालबिालकाले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन पराउने गरेको अभिभावकको भनाई छ । विद्यार्थीहरुले विद्यालय खाजा समयमा कथा किताबहरु आफै लिएर पनि पढ्ने गरेका छन् । विद्यालयको कक्षाकोठामै पढाइ कुना सुरु भएको छ ।
घरमा पनि बालबालिकाले आफैले पढाइ कुना सुरु गरेका छन् । आफूले मन लागेको समयमा पढ्ने गरेको समावेशि तथा गुणस्तरीय शिक्षा परियोजना शिक्षा अधिकृत जनक अधिकारीले बताउँनुहुन्छ ।
वर्ल्ड भिजन इन्टनेश्लन नेपालको आर्थिक साझेदारी, सोसेक नेपालको सहजीकरण र भगवतीमाई गाउँपालिकाको समन्वयमा भगवतीमाई गाउँपालिकाको वडा नम्बर -२ देखि -६ नम्बर वडासम्म गरि पाँच वटा वडामा पढाइमेला कार्यक्रम गरिसकिएको छ ।
एउटा बालस्पोन्सरसिप कार्यक्रम रहेको छ जस्ले गाउँपालिकाभर रहेका सहयोगी डाटा खोज्ने काम सँगै बालबालिकाको पालनपोषण र शिक्षाको डाटा खेज्ने काम गर्दछु',उहाँले भन्नुभयो, ‘समावेशि तथा गुणस्तरीय शिक्षा परियोजनाले बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने काम गर्दछ ।’
यसै अनुरुप टोल समुदायमा ३८ वटा पढाइ शिविरहरु संचालन गरिएको छ । हप्ताको शनिवारको दिनमा दुइ घण्टाको कार्यक्रम अनुसार सात वटा चरणमा रहेर पढाइ शिविर संचालन हुँदै आएको अधिकारीले बताउनुभयो ।
कक्षा १ देखि ३ कक्षाको बालबालिकालाई राखेर । बालबालिका कक्षामा आइसकेपछि के कति सिके बुझे भन्नलाई विद्यालयमा पढाइ मेला कार्यक्रम समेत संचालन गर्ने गरिएको अधिकृत जनक अधिकारीले बताउनुभयो ।
स्थानीय, रीतिरिवाज चालचलन अनुसार बालबालिकाहरुले के कस्ता रङ्गि चङगी सामाग्रि बनाएर बालबालिकाको पढाइ स्तर वृद्धिबारे पढाइ मेला गर्न थालिएको हो । कक्षा १ देखि ३ कक्षासम्म कति जना सहभागि हुन चाहन्छन् र त्यसै अनुरुप पहिलो दोस्रो देस्रो बनाएर पुरुस्कृत गछौँ भने अन्य सहभागिहरुलाई सान्त्वना पुरस्कार दिने गरेको बताइएको छ ।
टोल समुदायमा पढाइ भइरहेको छ त्यसै अनुरुप के कति परिर्वतन आयो भनेर पढाइमेलाको आयोजना गरेर बालबालिकाले बनाएका चिजबस्तुहरु सहित शिक्षक, अभिभावक, जनप्रतिनिधि र समाजका अगुवाहरु सामु बालबालिकाको प्रगतीबारे देखाउन, सुनाउन र हेराउन पढाइ मेलाको आयोजना गर्ने गरेको अधिकृत अधिकारी बताउँनुहुन्छ ।
पछिल्लो समय बालबालिकामा क्रमिक सुधार हुँदै गइरहेको अधिकारीको भनाई छ । पहिले पढ्न नसक्ने कमजोर बालबालिका पनि अहिले यहि कार्यक्रमको प्रभावले पढ्न सक्ने भएका छन,’उहाँले भन्नुभयो, ‘पहिले अस्पष्ट पढ्ने बालबालिका अहिले स्पष्टसँग पढ्ने भएका छन् । पहले अगाडी गएर उभिनै डर मान्ने बालबालिका अहिले निर्धक्कसँग आफ्नो परिचय दिन सक्ने भएको देखिन्छ । अनुशासनमा पनि रहदै आएका छन् ।’
पहिले भन्दा अहिले बालालिकाहरु अनुशासन, बाचन र चित्रकला बनाउने कुराहरु रहेका छन् । बालवालिकाले आफै चित्र कोर्ने रंग्याउने कलामा समेत वृद्धि भएको अधिकृत अधिकारीको भनाई छ ।
चर वटा ठाउँमा संचालन भइसकेको र अब तीनवटा ठाउँहरुमा संचालन गर्ने तयारी रहेको छ । यस भन्दा पहिले चारवटा विद्यालयमा यो कार्यक्रम सम्पन्न भइसकेको छ । गत आर्थिक वषर्ममा दुइवटा विद्यालयमा भएको थियो ।
पढाइमेला कार्यक्रम प्रत्येक विद्यालयमा एकपटक राख्ने कुरा भएको छ । कार्यक्रम प्रभावकारी देखिएसँगै आगामी वर्ष भगवतीमाइ गाउँपालिकाका सबै वडाहरुमा थप्ने योजना रहेको अधिकारीको भनाई छ । अधिकारीका अनुसार आगामी आर्थिक वर्षमा २२ वटा विद्यालयमा पढाइमेला कार्यक्रम गर्ने लक्ष्य रहेको छ । अभिभावकहरुले पनि आफ्ना बालबालिकाको अवस्था कस्तो रहेछ भन्ने नजिकबाट देख्ने बुझ्ने भएकाले उक्त कार्यक्रम गर्ने लक्ष्य रहेको उहाँले बताउँनुभयो ।
पढाइमेला कार्यक्रमले धुलाम्मे भएका कक्षाकोठालाई बालमैत्री बसाई ब्यवस्थापन गरेको, कक्षाकोठा छापामय बनाउन सहयोग गरेकोले कक्षाकोठामा प्रवेश गर्ने बित्तिकै बालवालिकालाइ आनन्द हुने,भित्तामा लेखिएका शब्द, पढ्दा पढ्दै विद्यालयमा बालवालिकाको समय सहजै बित्ने र बालवालिकामा परिर्वतन आएको देखिन्छ।
कालिका माध्यामिक विद्यालय डौंरी मन्घरको शिक्षक पदम बहादुर थापाले बाल विकासलाई तालिम तथा कक्षा १ देखि ३ को शिक्षकलाई निरन्तर मुल्यांकन र पढाइ सीप विकास तालिम पश्चात् बालबालिकको पढाईप्रति सकरात्मक धारणा बसेको शिक्षकहरुको भनाई छ ।
विद्यार्थीसँगै अहिले शिक्षकहरुमा पनि जागरण आएको भगवती माध्यामिक विद्यालय तुर्सुका प्रधानाध्यापक भद्र केसीको भनाई छ । बालबालिकाकोे पढाइ शिविरको कारण बालबालिकाले चित्र बनाउने, पढ्ने गरेको पइएको यो सकारात्मक परिर्वतन हो',उहाँले भन्नुभयो, ‘ हामी शिक्षकसँगै अहिले बालवालिकामा पनि राम्रो परिर्वतन आएको छ । गत वर्षतिर मेरो छोरा पढ्ने भनेको थाहै पाउदैन्थ्यो, पढाइ शिविरमा पठाउने गरेपछि अहिले कक्षा २ बाट कक्षा तिनमा जाँदा प्रथम भयो ,पढाईमेलामा पनि १ मिनेटमा ७५ शब्द पढी प्रथम भयो ।’
पढाइ शिविर भनेको पढाईको लागि उपचारात्मक शिविर रहेको अभिभावक भगवतीमाई गाउँपालिका २ का सुनिता चन्द बताउँनुहुन्छ ।
पढाइ मेला छ भनेपछी मेरो छोराको अवस्था सुधार भएको बारे सुनाउनको लागि म पढाईमेला भएको ठाँउमा आएकी हुँ',उहाँले भन्नुभयो, ‘पहिलेभन्दा मेरो बाबुमा अहिले धेरै परिर्वतन आएको छ । अहिले घरमा जाने बित्तिकै किताब निकालेर पढ्न बस्ने, गृहकार्य गर्ने गरेको छ ।’
विद्यालयमा पढाइमेला शिविर संचालन भएसँगै पढाई शिविरमा बालबालिकको हौसला र पुर्ण उपस्थिती हुने गरेको अभिभावकको भनाई छ ।
पढाइ मेला शिविर संचालन हुन थाले पनि अहिले परिर्वतन हुन थालेको छ । करिब १ बर्षको अन्तरालमा बिद्यालयमा राम्रो नतिजा देखिन थालेको विद्यालयका शिक्षकसँगै अभिभावकहरु बताउँने गरेका छन् । हामीले गत वर्षको नतिजा भन्दा यश बर्षको नतिजामा सुधार भएको रिजल्ट प्रकाशित गर्नेबेला जानकारी पाएको जनक अधिकारीको भनाई रहेको छ ।
प्रतिक्रिया