देशका धेरैजसो पालिकाको वेबसाइट डाउन

देशका धेरैजसो पालिकाको वेबसाइट डाउन

काठमाण्डौ – देशका धेरैजसो पालिकाको वेबसाइट डाउन भएको छ । विशेष गरेर काठमाण्डौ उपत्यकाबाहिरका धेरैजसो पालिकाको वेबसाइट खुलेको छैन । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या थाहा नभएको जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी, उपसचिव अश्विनकुमार पोखरेलले समस्याबारे भर्खरै थाहा पाएको र समाधानको पहल गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया