जुम्लामा अज्ञात रोगले २३ भेडा मरे

जुम्लामा अज्ञात रोगले २३ भेडा मरे फाइल तस्बिर

जुम्ला – जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ वटा भेडा मरेका छन् ।

नदै पाटन र ठाकुरपानीमा भेडा मरेका स्थानीय वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेका बताउनुभयो ।

भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मर्ने गरेका छन् । यसरी भेडा मर्न थालेपछि किसानले उपचारका लागि पशु प्राविधिकलाई खबर गरेका छन् ।

हिमा गाउँपालिकाका पशु शाखा प्रमुख नरसिङ थापाले पशु प्राविधिक पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार औषधि सकिएकाले पालिकामा खरिद गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया