तापक्रम बढेको भन्दै नारायणमा चार दिन बिदा

तापक्रम बढेको भन्दै नारायणमा चार दिन बिदा

दैलेख - अनपेक्षित रुपमा तापक्रम बढेको कारण जनाउदै दैलेखको जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिका पालिकाले नगर क्षेत्रका भित्र पर्ने विद्यालयमा गर्मी बिदा दिएको छ । आज मंगलबारदेखि चार दिनका लागि सामुदायिक, संस्थागत विद्यालयमा बिदा दिइएको हो ।

वर्षे विदामा कटौती हुने गरी विदा गर्न लगाइएको नारायण नगरपालिकाका शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले विदा दिइएको उहाँको भनाई छ । 

आकाशे पानीको भरोसामा खेती गर्ने दैलेख किसानहरुले पानी नपरेको कारण आधा भन्दा बढीले मकै खेती लगाउन पाएका छैनन् । गर्मीले स्थानीयहरुको दैनिकी पनि प्रभावित भएको छ । दैलेखमा २० वर्षपछि ३८ डिग्री तापक्रममा पुगेको सरकारी तथ्यांक छ । 
 


 

प्रतिक्रिया