गर्मी बढेर पठनपाठनमै समस्या भएपछि हरिवनका विद्यालयमा ५ दिन बन्द हुने

गर्मी बढेर पठनपाठनमै समस्या भएपछि हरिवनका विद्यालयमा ५ दिन बन्द हुने

काठमाडौँ -   गर्मी बढेर बालबालिकाको पठनपाठनमै समस्या भएपछि सर्लाहीको हरिवन नगरपालिकाका विद्यालय पाँचदिन बन्द हुने भएका छन्। 

आज (मंगलबार) बाट आगामी असार १ गतेसम्मका लागि हरिवन क्षेत्रका सबै विद्यालय बन्द भएका भएका हुन्।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सोमबार सूचना जारी गर्दै चर्को घाम, उच्च तापक्रम र तातो हावामा पठनपाठन सञ्चालन गरिरहँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूलअसर पर्ने देखिएकाले बिदा दिइएको उल्लेख छ। 

नगरपालिकाले आजदेखि शुक्रबारसम्म (चारदिन) नगरभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिएको हो। तर, असार १ गते शनिबार परेकाले आजबाट बिदा भएका हरिवन क्षेत्रका विद्यालय अब ६ दिनपछि ९असार २ देखि० मात्रै सञ्चालनमा आउने छन्। 

प्रतिक्रिया