आज प्रतिनिधि सभाको बैठक बस्दै
![आज प्रतिनिधि सभाको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/samsad_g57b2uxQLD_umhni1mqglzwwpwr3rmuseoptrfrxvsi7tsedraam9uvzix9mximz9a7i1y7_8nqQ5FJBiO_mo17tjue7vvvo7ytgmdmmzlqfxyw8xrympv4qsxdwqqfjgf8luyvsqeljpkr_B7VZKbK2jX_fvovokyzgqulfepba9kloimdmtic7szuqdjeowlz7crfnwa558oqdkeiz5gu_CiK5a4d589_tjc13gfgqeei7e1yyocewhwgdxwhsl8eggiq5i3n7k7yhv621fnzxtrx3qga.jpg)
काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।
बैठकमा विभिन्न सांसद्हरुले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया