अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार जहाज बेपत्ता

अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार जहाज बेपत्ता

एजेन्सी -   मलावीका उपराष्ट्रपतिसहित नौं जना सवार जहाज बेपत्ता भएको छ । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीको राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिमासहितका व्यक्तिहरु सवार जहाज बेपत्ता भएको हो ।

मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमासहित नौ जना सवार जहाज बेपत्ता भएको जानकारी दिँदै उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ । ५१ वर्षीय चिलिमा मलावी सेनाको जहाजमा थिए ।

उक्त जहाज स्थानीय समय अनुसार ९ः१७ बजे (नपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो । राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् ।

उनले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गरेका छन् । सन् २०२२ मा उपराष्ट्रपति चिलिमालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । उनीमाथि ब्रिटिश–मलावी व्यापारीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएको आरोप छ । उनले भने आफूमाथि लगाइएका आरोपहरु खण्डन गर्दै आएका छन् ।-एजेन्सी

प्रतिक्रिया