टिपर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

टिपर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी – गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ नेटाबाट गुल्मीको सदरमुकाम तम्घासको देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गए राति दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का २६ वर्षीय रामलाल पुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते भएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ का २९ वर्षीय नवीन घिमिरे र सन्धिखर्क–८ का ३३ वर्षीय रिसभ केसीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया