भगवतीमाई बालसञ्जालले पालिका सरकारलाई बुझायो १६ बुँदे घोषणा पत्र

भगवतीमाई बालसञ्जालले पालिका सरकारलाई बुझायो १६ बुँदे घोषणा पत्र

 

काठमाडौँ । दैलेखको भगवतीमाई गाउँपालिकामा बालवालिकाको आवाज समेटिने गरी १६ बुँदे घोषणापत्र जारी गरिएको छ ।

भगवतीमाई  बालसञ्जालको आयोजनामा आयोजित १ दिने बाल भेलाबाट बालवालिकाको आवाज समेटीने गरी १६ बुँदे घोषणापत्र जारी गरिएको हो  ।

उक्त १ दिने बालभेलाको अध्यक्षता बालसञ्जालको अध्यक्ष लक्ष्मी थापाले गर्नुभएको थियो । त्यस्तै गाउँपालिका अध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो  ।

बालभेलामा तयार गरिएको घोषणा पत्र बालसञ्जालका अध्यक्ष लक्ष्मी थापाले गाउँपालिका अध्यक्षलाइ हस्तान्तरण गर्नुभएको थियो ।

घोषणा पत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्षले आगामी आर्थिक वर्षमा बालवालिकाले तयार पारेका योजनालाइ प्राथमिकताका साथ पालिकाको योजनामा समावेश गरीने तथा वजेट विनियोजन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि गर्नुभएको थियो ।

बालभेलाले तयार गरेका योजनाहरु 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया