भूकम्पले जीर्ण बनाएको विद्यालयमा जोखिम मोलेर पठनपाठन

भूकम्पले जीर्ण बनाएको विद्यालयमा जोखिम मोलेर पठनपाठन

खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङमा रहेको शारदा आधारभूत विद्यालयमा भूकम्पले जीर्ण बनेको भवनमा पुनर्निर्माण नगरि पठनपाठन भइरहेको छ । २०४७ सालमा स्थापना भएको विद्यालयले २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको भवनबाट पठनपाठन सञ्चालन गर्दै आएको छ ।

सात वर्ष बितिसक्दा समेत नयाँ भवन निर्माण नहुँदा जीर्ण भवनभित्र जोखिम मोलेर पठनपाठन सञ्चालन गरिरहेको शारदा आधारभूत विद्यालयका प्रधानाध्यपक सुशीला राईले बताउनुभयो । खरको छानो भएको भवन भत्काएर २०६४ सालमा जस्ताको छानासहितको अर्को चार कोठे कच्ची भवन बनाइएको थियो ।

यही भवन २०७२ सालको भूकम्पले चर्किएर चिराचिरा परेको हो । भूकम्पले थिलथिलो बनेको भवन भत्किएर विद्यार्थीलाई किच्ने त्रासका बीचमा पठनपाठन सञ्चालन गर्ने गरिएको छ ।

प्रतिक्रिया