पर्यटक भिसामा जानेले अस्ट्रेलियामा विद्यार्थी भिसा नपाउने

पर्यटक भिसामा जानेले अस्ट्रेलियामा विद्यार्थी भिसा नपाउने

काठमाण्डौ – अस्ट्रेलियाको सरकारले विदेशी नागरिकका लागि भिसामा थप कडाइ गर्ने घोषणा गरेको छ । विदेशी विद्यार्थीका लागि नियम कसिलो बनाउँदै आएको अस्ट्रेलियाले थप कडाइ गर्ने घोषणा गरेको हो ।

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आउँदो जुलाईदेखि पर्यटक भिसामा रहेका तथा टेम्पोररी ग्राजुएट भिसा (टीआर)मा रहेका कसैले पनि विद्यार्थी भिसाको आवेदन दिन नपाउने नियमको घोषणा गर्नुभएको हो ।

जुलाईदेखि अस्ट्रेलियामा पर्यटक भिसामा जाने विदेशी नागरिक र त्यहाँको अध्ययन सकेपछि पाइने टीआरमा रहेका विदेशी नागरिकले पुनः विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएका छन् । अहिलेसम्म नेपाल लगायतका देशबाट पर्यटक भिसामा अस्ट्रेलिया गएर त्यो भिसालाई विद्यार्थी भिसामा परिवर्तन गर्न मिल्ने थियो ।

यसैगरी निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर अस्ट्रेलियामै बस्नेहरु पनि धेरै थिए । तर, अब नयाँ नियमअनुसार पर्यटक भिसामा रहेका तथा टेम्पोररी ग्राजुएट भिसा (टीआर)मा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन पाउने छैनन् । उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन् । 

प्रतिक्रिया