त्रिवेणीका वडा अध्यक्षले सुन्दरले गरे सुरक्षा घुम्तीकोष स्थापना

त्रिवेणीका वडा अध्यक्षले सुन्दरले गरे सुरक्षा घुम्तीकोष स्थापना

रुकुम पश्चिम -  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुन्दर ओलीले मातृ सुरक्षा घुम्तीकोष स्थापना  गर्नुभएको छ । जनप्रतिनिधि भक्ता बापत प्राप्त भएको रकमबाट माथिगाउँ स्वास्थ्य आमा समुहको लागि मातृ सुरक्षा घुम्तीकोष स्थापना  गर्नुभएको हो ।

 स्वास्थ्य आमा समुहलाई अप्ठेरो परेको बेला सहयोग होस् भन्ने उदेश्यले भक्ता बापत प्राप्त भएको  २० हजार ५ रुपैयाँको घुम्तीकोष स्थापना गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा समुहमा आवद्ध भएका महिलाले कोषमा जम्मा गरिएको रकम १ प्रतिशत व्याजमा लिने र व्याजबाट प्राप्त भएको रकम गर्भवती, तथा सुत्केरी महिलाहरुलाई आपतको बेला सहयोग हुने उहाँले बताउनुभयो । माथिगाउँ स्वास्थ्य महिला समुहमा हाल २५ जना महिलाहरु आवद्ध रहेका छन्

आमा समुहले वडामा जनचेतना फैलाउने, अप्ठेरो परेका महिलाहरुलाई सहयोग गर्ने गरिरहेको छ । आमा समुहको लागि वडाबाट छुटै बजेट छुट्याउन नसकेपनि विभिन्न संघ सस्थाहरुको सहयोगमा  स्वास्थ्य आमा समुहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । कोष स्थापना भएसँगै आमा तथा बच्चाको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया