खार्पुनाथका वडा अध्यक्ष शाहीले गरे विद्यालयलाई शैक्षिक तथा खेल सामग्री सहयोग

खार्पुनाथका वडा अध्यक्ष शाहीले गरे विद्यालयलाई शैक्षिक तथा खेल सामग्री सहयोग

सिमकोट – खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले विद्यालयलाई शैक्षिक तथा खेल सामग्री सहयोग गर्नुभएको छ  । विद्यालयमा पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले ती सामग्री विद्यालयलाई प्रदान गरिएको हो।

खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले आफ्ना वडा भित्रका मावि तथा आधारुत विद्यालयलाई शैक्षिक र खेल सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँले विद्यालयमा पठनपाठनका साथै अन्य अतिरिक्त कृयाक्लाप सञ्चालन गर्न सामग्री नभएको कारण वडाले आफ्नै लगानीमा ती सामग्री प्रदान गरिएको बताउनुभयो । चार वटा आधारभुत विद्यालयहरु बागेश्वरी आवि, मान्धारा प्रावि, जोगराज प्रावि र हिल्सा नौधारा आधारभुत प्रविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ भने मान्धारा माविलाई खेल सामग्री सहयोग गरिएको छ।

उहाँले यी सामग्री सहयोगबाट विद्यालयमा विद्यार्थीले अतिरिक्त क्रियाकलाप गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । यसका लागि आर्थिक सहयोग वडाले गरेको हो । वडा अध्यक्ष शाहीले यसरी विद्यालयलाई वर्षेनी पटक–पटक सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया