खानेपानीको माग राख्दै रेक्चाबासीले गरे चौकुने गाउँपालिका घेराउ

खानेपानीको माग राख्दै रेक्चाबासीले गरे चौकुने गाउँपालिका घेराउ

काठमाडौँ  -   खानेपानीको माग राख्दै सुर्खेतको चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकले गाउँपालिका घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले पालिका घेराउ गरेका हुन् । 

चौकुने गाउँपालिका– ५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी छन् । सुक्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकामा पुगेर प्रदर्शन गरेका हुन् । 

एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै स्थानीयले विरोध जनाएका हुन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् ।

प्रतिक्रिया