पूर्वसभापति थापाको शालिक अनावरण

पूर्वसभापति थापाको शालिक अनावरण

दैलेख – नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले सो पार्टीका पूर्व जिल्ला सभापति स्वर्गीय जगतजंग थापाको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ । काँग्रेस कार्यकर्ता र स्वर्गीय थापाका प्रशंसकहरुको व्यापक उपस्थितिमा उपसभापति खड्का र थापाकी धर्मपत्नी सरस्वती थापाले शालिक अनावरण गर्नुभयो ।

तत्कालिन जिल्ला पञ्चायतका पूर्व सभापति नगेन्द्रबहादुर थापाका माइला छोराको रुपमा २००५ भदौ २७ गते जन्मनुभएका जगतजंग थापा ६३ वर्षको उमेरमा २०७८ असार २१ गते कोभिड संक्रमणबाट देहान्त भएको थियो ।  

थापा २०४६ को परिवर्तनपछि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुभएको थियो । २०५१ देखि २०५६ सम्म नेपाली काँग्रेसको जिल्ला सभापति हुनुभएको थियो । २०५५ मा जिसस सभापति र २०७४ को संसदीय निर्वाचनमा प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । 

करिव एक दशक शिक्षण पेशा गर्नुभएका थापा नेपाल बाल संगठनका जिल्ला सभापति, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघकाे पदाधिकारीका रूपमा आवद्ध भई चार दशक समाज सेवा गर्नुभएकाे थियाे । स्वर्गीय जगतजंग थापाका एक धर्मपत्नी र छ वटा छोरीहरु हुनुहुन्छ । प्रष्ट उच्चारण, सुस्पष्ट, निडर र तार्किक बहस गर्ने वक्ताको रुपमा उहाँ परिचित हुनुहुन्थ्यो । 

प्रतिक्रिया