कमजोरी सच्याएर पार्टी पुनर्निर्माणको खाँचो : उपसभापति खड्का

कमजोरी सच्याएर पार्टी पुनर्निर्माणको खाँचो : उपसभापति खड्का

दैलेख – नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नेता कार्यकर्ताहरु कमजोरीहरु नदोहो¥याउने संकल्प सहित नेपाली काँग्रेसलाई पुनर्निमाण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको दोश्रो जिल्ला सम्मेलन कार्यक्रममा उहाँले खराब प्रवृतिहरु, दोषहरु, गल्तीहरु, कमजोरीहरु नगर्ने संकल्प पार्टी जीवनले खोजेको उहाँले बताउनुभयो । 

उपसभापति खड्काले एक प्रसंगमा उहाँले मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्न आगामी चुनावमा नेपाली काँग्रेसलाई बहुमत आवश्यक रहेको बताउनुभयो । राणा शासन, पञ्चायत र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन बिरुद्धको आन्दोलन नेतृत्व गरेको नाताले विकासको रफ्तार बढाउन काँग्रेस नै सरकारमा जानुपर्ने उहाँको तर्क थियो । 

कार्यक्रममा नेपाली कााँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सीताकुमारी रानाले केन्द्रीय राजनीतिक प्रभावमा रहेका जिल्लामा विकास कार्यक्रम पर्ने गरेका तर विकासको राम्रो सम्भावना भएर पनि केन्द्र सरकारले दैलेखमा बजेट दिन कञ्जुस्याइँ गरेको टिप्पणी गर्नुभयो । उहाँले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराउन जनस्तरमा पनि दवाव बढाउनपर्ने औल्याउनुभयो । 

नेपाल काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीको सभापतित्वमा भएको दोश्रो जिल्ला सम्मेलन कार्यक्रममा कर्णाली सरकार पूर्वमन्त्री कृष्णकुमार बीसी, सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारी, कर्णाली प्रदेशसभाका सदस्यहरु पूर्णबहादुर खत्री र इन्द्राकुमारी शाहीले कर्णाली प्रदेश सरकारको रबैया र विकासका स्थानीयको चासो विषयमा बोल्नुभएको थियो । 

काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निराजन केसी, प्रदेश सरकारका पूर्वमन्त्री हिमबहादुर शाही, जिसस दैलेखका समन्वय प्रमुख नमराज शाही, महासमिति सदस्य भूपेन्द्र शाही, महाधिवेशन प्रतिनिधि प्रेमप्रकाश शाही, निर्वाचन क्षेत्र सभापतिद्वय दशरथ खड्का, भरतप्रसाद रिजाल पूर्व पाटी सचिव मातृकाप्रसाद रिजाल, नेपाल महिला संघका जिल्ला सभापति दुर्गा श्रेष्ठले पनि पार्टी पद्धति र कार्यकर्ताहरुको दायित्व विषयमा बोल्नुभएको थियो । 

पार्टी सचिव खेमराज ओलीले सञ्चालन गर्नुभएको दोश्रो जिल्ला सम्मेलन कार्यक्रममा अर्का सचिव नारायण रेग्मीले पार्टीको महाधिवेशनपछिको दुई वर्ष अवधिमा गरेका काम र भावी योजना सहित राजतीतिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सन्देश श्रेष्ठले आयव्यय विवरण प्रस्तूत गर्नुभएको थियो । 
 


 

प्रतिक्रिया